इपिएल : ललिपुरविरुद्ध काठमाडौं किंग्स ७ विकेटले विजयी

चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा काठमाडौं किंग्स–११ ले विजयी सुरुवात गरेको छ । आज साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । 

काठमाडौंको जितमा रियान बर्ल र  रहमानुल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । बर्लले ३६ बलमा सात छक्का र तीन चौकासहित अविजित ७३ र गुर्बाजले ३६ बलमा चार छक्का र चार चौकासहित ५९ रन बनाए ।

राजु रिजाल १९ रनमा अविजित रहँदा अमित श्रेष्ठ  सुवास खकुरेलले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ​बलिङमा पवन सराफले एक विकेट लिए ।  

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनायो । 

उसका लागि पवन सरार्फले अर्धशतकीय पारी खेले । १७ औँ ओभरको दोस्रो बलमा रायन बर्लले शेर मल्लबाट क्याच गराउनुअघि उनले ४४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाए ।  

७ रनमा ३ विकेट गुमाएको खराबस्थितिबाट पवन र शंकर रानाले चौथो विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको पारी उकासेका थिए । १०औँ ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले विकेटकीपर रहमानउल्लाह गुर्बाजबाट क्याच गराउनुअघि शंकरले २७ बलमा १४ रन बनाए ।



त्यस्तै, योगेन्द्रसिंह कार्कीले ३३, अविजित रहेका भुटानीका युवा ब्याट्सम्यान रानजुंग मिक्यो दोर्जीलले १७ रनको योगदान दिए । बलिङमा जितेन्द्र मुखियाले ४, गुल्सन झा र रायन बर्लले समान २/२ विकेट हात पारे ।



  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १५:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया