खेलकुद महासंघको विराटनगर महानगर कमिटी चयन

नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटीको चयन भएको छ । आज नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले दीपक घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । 

नवगठित महानगर कमिटीमा आज ३७ जना चयन भएका छन् भने बाँकीलाई पहिलो बैठकले चयन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए । समितिको उपाध्यक्षमा प्रकाश पोखरेल र सचिवमा प्रताप कार्की चयन भएका छन् ।

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलाले महानगरका १९ वटै वडालाई समेटेर महानगर कमिटी गठन गरेको हो । 

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले खेलकुद क्षेत्रको विकास, नयाँ खेलाडीको उत्पादनमा ध्यान दिन नव निर्वाचित टीमलाई निर्देशन दिए । उनले खेलकुद महासंघका सदस्यहरू प्रत्येकले आफु पनि दैनिक व्यायाम गर्ने र अरुलाई समेत प्रेरित गर्नुपर्ने भन्दै बताए ।  





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १६:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया