नापाेलीकाे अपराजित यात्रा कायमै

इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार छैटौं जित निकालेको छ ।

गए राति भएको खेलमा काग्लियरीलाई २-० गोल अन्तरले पराजित गर्दै नापोलीले अपराजित यात्रा कायम गरेकाे हाे ।

नापोलीका लागि भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक-एक गोल गरे।

खेलको ११ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको २७ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २-० को जित दिलाए ।

खेलमा जित हासिल गरेसँगै अपराजित नापोलीले ६ खेलमा १८ अंक जोडी शीर्ष स्थानमा यथावत रहेकाे छ ।

खेलमा पराजय व्यहाेरेकाे काग्लियरी २ अंक जोडेर १९ औं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ७:२६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया