आइपिएल क्रिकेट : मुम्बईमाथि बैंग्लोरको फराकिलो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बैंग्लोरले मुम्बईलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा बैंग्लोर ५४ रनले विजयी भएको हो । 

बैंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १११ रनमा अलआउट भयो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ र क्विन्टन डि ककले २४ रन बनाएपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् ।

मुम्बईलाई सस्तैमा समेट्न हर्षल पटेलले ४ विकेट लिए भने युजवेन्द्र चाहालले ३, ग्लेन म्याम्सवेलले २ र मोहम्मद सिराजले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३७ बलमा ३ छक्का र ६ चौकासहित ५६ रन बनाए भने कप्तान विराट कोहलीले ४२ बलमा ३ छक्का र ३ चौकासहित ५१ रन बनाए । यस्तै श्रीकर भरतले ३२, एबी डि भिल्लर्सले ११ रनको योगदान दिए । 

मुम्बईका जसप्रित बुम्राहले ३ तथा ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले १–१ विकेट हात पारे । 



यो जितसँगै बैंग्लोर १० खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ ।  
 



  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ८:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया