logo-img

भारतमा काेराेना : थप २६ हजार ४१ संक्रमित, २७६ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप २६ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३६ लाख ७८ हजार ७८६ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप २७६ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार १९४ पुगेकाे छ ।



यही अवधिमा २९ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २९ लाख ३१ हजार ९७२ जना संक्रमणमुक्त भइसकेका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 

भारतमा हालसम्म ८६ कराेड १ लाख ५९ हजार ११ डाेज भ्याक्सिन लगाइसकिएकाे छ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया