\
भारतमा किसानहरुले आह्वान गरेको भारत बन्दमा प्रहरीले दर्जनौँ किसानहरुलाई गिरफ्तार गरेको छ ।
भारतको तमिलनाडुको चेन्नईमा भारत बन्द गराउने क्रममा प्रहरीको अवरोध तोडेर केही किसान अगाडि बढेपछि प्रहरीले हिरासतमा लिएको हो ।
आज भारतका विभिन्न किसान संगठनले केन्द्र सरकारले ल्याएको तीन कृषि कानुनको विरोधमा देशव्यापी बन्द आह्वान गरेका छन् । अनि विभिन्न ठाउँमा किसानले प्रदर्शन पनि गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
किसानले आह्वान गरेको बन्दका कारण भारतका केही सहरमा लामो ट्राफिक जाम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।