ट्राफिक जाँचका क्रममा टिप्परको ठक्करबाट बोलेरो चालकको मृत्यु, दुई बेपत्ता

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको झापाको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को२च २६३२ नं को  बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको  प्र ०३–००१ क ००९५ नं को टिप्परले ठक्कर दिएपछि भएको दुर्घटनामा दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्व आउँदै गरेको उक्त टिप्परले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो । 

ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।

दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए । 

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग  अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र   जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । 



बोलेरोमा अझै दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशंकामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ । 



  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार २१:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया