आज ११५८ जनामा कोरोना संक्रमण, १२ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर १ हजार १५८ जना संक्रमित​ थपिएका छन् । १४ हजार ३ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ४२२ जना सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको मन्त्रालय​ले जनाएको छ । आज १ हजार ३१८ जना डिस्चार्ज भएका छन् ।

आज काठमाडौं उपत्यकामा ३८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन् । 

 





  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १६:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया