इपिएलमा बुधबार २ खेल हुने

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
 
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा  छ । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग ७ विकेट पराजित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा छ । पोखराले पहिलो खेलमा वर्षा बाधक बनेपछि भैरहवा ग्लाडियटर्ससँग अंक बाडेको थियो । 

दिउँसो साढे १ बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्सको सामना गर्नेछ । 

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पनि पहिलो जित निकाल्ने सोचमा हुनेछ । उ पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो । 
 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार ८:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया