प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेकाे छ ।

प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो । 

उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानविनका लागि अख्तियारको टोली मन्त्रिपरिषद्को कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । 

साइकल खरिदमा प्रदेश सरकारले व्यापक अनियमितता गरिरहेको समाचारहरू पटकपटक सञ्चार माध्यमहरूमा आइरहेका छन् । ‘बेटी पढाऊ बेटी बचाऊ’  अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई प्रदेश सरकारले वितरण गर्दै आइरहेको छ । 

यो अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ । अहिलेसम्मको अवस्थामा सातवटै प्रदेश मध्ये प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले पहिलोपटक छापा हानेको हो ।

यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापामारी गरेको थियो।



स्रोतका अनुसार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयको ‘बेटी पढाऊ बेटी बचाऊ’   अभियानसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएका छन् ।



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १४:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया