इपिएल : भैरहवालाई ९० रनको सामान्य लक्ष्य

एभरेस्ट प्रिमियर (इपिएल) अन्तर्गत जारी खेलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्स समक्ष ९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

विराटनगरका लागि दिलशान मुनाविराले सर्वाधिक २५, सुमित महर्जनले १३, आशिफ शेख र अनिल शाहले समान ११-११ जोडे । 

वसन्त रेग्मी १० रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरलाई सस्तैमा समेटेन भैरहवाका धम्मिका प्रशाद र आरिफ शेखले ३-३, अविनाश बोहरा २, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १-१ विकेट हात पारे । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १५:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया