काठमाडौँ उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोना खोपको पूर्ण मात्रा

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७६ प्रतिशतले पहिलो मात्रा र ७३ प्रतिशतले पूर्ण मात्रा लगाएका हुन् ।  
    
उपत्यकाकाे लक्षित जनसंख्या २१ लाख २९ हजार ७७३ हो । जसमध्ये अहिलेसम्म १६ लाख २२ हजार ४४१ जनाले पहिलो मात्रा लगाएका छन् भने १५ लाख ६२ हजार ७७३ जनाले पूर्ण मात्रा लगाएका छन् । 

काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए ।  तीमध्ये ११ लाख ७७ हजार ६० जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख १२ हजार ८९३ जनाले पूर्ण मात्रा लगाएका छन् । 
    
त्यस्तै ललितपुरमा ७६ प्रतिशतले पहिलो मात्रा र ६९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । ललितपुरमा ३ लाख ८२ हजार ८६० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । तीमध्ये २ लाख ९० हजार ५५ जनाले पहिलो मात्रा र २ लाख ६५ हजार ५४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

यस्तै गरी भक्तपुरमा ६३ प्रतिशतले पहिलो मात्रा र ७५ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । तीमध्ये १ लाख ५५ हजार ३२६ जनाले पहिलो मात्रा र १ लाख ८४ हजार ७८७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले चैत मसान्त सम्ममा सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ९:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया