याे समाजसँग नलडी मैले केही पाउँदिनँ: कंगना रनाैट

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनाैट सधैं अाफ्नाे विषयमा खुलेर कुरा गर्छिन् । यही खुलेर कुरा गर्ने भएकाले पनि उनले बारम्बार अालाेचना खेप्दै अाएकी छिन् । झन् पछिल्लाे समय उनले मिटू अभियानमा अाफ्ना कुरा राखेपछि बलिउडमा निकै धेरै चुनाैतिकाे सामना गर्नु परेकाे छ ।

उनले मिटू अभियानमा सहभागि भएर कुरा गर्न थालेपछि निर्देशक विकास वहल, सजिद खान, मुकेश छावडा, नाना पाटेकर र सुभास कपुरलगायत कामबाट निकालिएका छन् । यसलाई उनकाे अभियानकाे सफलता मान्न सकिन्छ । त्यसाे त उनले सुरु देखि नै याे अभियानलाई समर्थन गर्दै अाएकी छिन् ।

केही समयपछि रिलिज हुने फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को सुटिङ सकिए पछि कंगनाले एउटा पार्टी अायाेजना गरिन् । त्यहाँ पनि उनले अाफ्ना कुरा खुलेर राखिन् । फिल्मकाे सन्दर्भ जाेड्दै उनले रानी लक्ष्मीबाईकाे जीवनमा निकै संघर्ष भएकाे र त्यस्तै संघर्ष अाफ्नाे जीवनमा पनि हुँदै अाएकाे बताइन् ।

कंगनाले भनिन् ‘म चाहान्न कि यस्तो जिन्दगी कसैले जिउन परोस् । म आफ्ना बच्चाहरुलाई पनि यस्तो संघर्षले भरिएको जिन्दगी दिन चाहान्न । मलाई लाग्छ मैले जन्मिएदखि नै हरेक चिज पाउन लड्नु परेको छ । यसरी रानी लक्ष्मीबाई र म एकदम समान छौं ।’ 

कंगनाले कुनैबेला भनेकी थिइन् कि उनलाई फिल्मी क्षेत्रमा जम्न कुनै खानकाे अावश्यकता पर्दैन । उनले सलमान, साहरुख र अामिरलाई संकेत गर्दै उनीहरुसँग फिल्म नखेल्ने र अाफैं सफलता हासिल पाउन यसाे गर्ने बताएकी थिइन् । उनले भनेजस्तै अहिले उनलाई अहिले कामकाे कमी छैन ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार १२:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया