भैरहवा र ललितपुरबीचको खेल बराबरीमा सकियो

काठमाडौं ।  चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीचको खेल बराबरीमा सकिएको छ ।  

ललितपुरले दिएको १७८ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो । 

अन्तिम बलमा शरद भेषवाकरले छक्का हिर्काएसँगै खेल बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएसँगै दुवै टिमले एक/एक अंक  बाँडेका छन् । भैरहवाका लागि उपल थरंगा र युवा ब्याट्सम्यान कुशल मल्लले आक्रामक ब्याटिङ गरे ।

थरंगाले ४४ बलमा ६ चौका र दुई छक्कासहित अविजित ६७ र कुशलले १९ बलमा तीन छक्का र दुई चौकासहित ३५ रन बनाए । त्यस्तै, आरिफ शेख २८, तमिम इकबाल १४, प्रदीप ऐरी र रोहितकुमार पौडेल २/२ रनमा आउट भए ।

बलिङमा राशिद खानले तीन र रजिन ढकालले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो । 

उसका लागि सदुन वीराकोडीले अर्धशतीय पारी खेले । उनले ४१ बलमा पाँच छक्का र दुई चौकासहित ५८ रन बनाए । त्यस्तै, अजमतुल्लाह उमरजाईले ४२ र सुन्दीप जोराले ३८, ओशादा फर्नान्डोले २० रनको योगदान दिए ।



बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ​बलिङमा अविनाश बोहराले दुई, धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले एक/एक विकेट लिए । 



  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया