निर्मला हत्याकाण्डकाे छानबिनमा लापरवाही गरेकाे ठहर गर्दै एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

काठमाडाैं– निलम्बित एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरी सेवाबाट गृहमन्त्रलायले बर्खास्त गरेकाे छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्या अनुसन्धानमा लापरवाही गरेकाे भन्दै निलम्बनमा परेका यी दुई प्रहरी अधिकारीलाई गृहमन्त्रलायले बिहीबार साँझ बर्खास्त गर्ने निर्णय गरेकाे हाे । निर्मलाकाे हत्या हुँदा विष्ट कञ्चनपुरका प्रहरी प्रमुख थिए ।

गृहले उनीहरुलाई यसअघि स्पष्टिकरण साेधेकाे थियाे । दुई दुई पटक दिएकाे जवाफ पनि चित्तबुझ्दाे नभएकाे भन्दै गृहले उनीहरुलाई प्रहरी प्रधान कार्यालयकाे सिफारिसमा बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

बर्खास्त गरिएपनि उनिहरु दुवै जना भविष्यमा सरकारी सेवामा भने याेग्य ठहरिन पाउने छन् ।

११ साउनमा १३ वर्षीया निर्मलाकाे शव उनकाे घर नजिकैकाे उखुबारीमा भेटिएकाे थियाे । उनकाे बलात्कारपछि हत्या गरेकाे ठहर प्रहरीले गरेकाे थियाे । तर, याे घटनाकाे अनुसन्धानमा स्थानीय प्रहरीले चरम लापरवाही गरेकाे त्यसपछि बनेका अध्ययन समितिहरुले नै पनि निष्कर्ष निकालेका थिए ।

अध्ययन समितिका यी निष्कर्ष अाउनु अगाडि नै सरकारले अान्दाेलनकाे दबाबका कारण विष्टलाई १० भदाैमा र भट्टलाई ३१ भदाैमा निलम्बन गरेकाे थियाे ।



 



  • प्रकाशित मिति : कात्तिक ८, २०७५ बिहीबार २१:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया