कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर उपलब्ध गराउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छन् ।

शुक्रवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मूल आधार कृषि क्षेत्र भएकाले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी हुन् । 

उनले विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताउँदै मुलुकको समग्र विकासलाई नागरिकको आकांक्षाअनुरूप शीघ्रता दिनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो अर्थतन्त्रको मूल आधारको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्दछ । देशभित्र अवसर नपाई विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको छ । एकातिर हामीले मुलुकको समग्र विकासलाई नागरिकको आंकाक्षाअनुरूप शीघ्रता दिनुपर्ने खाँचो छ भने अर्कोतिर विकासमा नयाँ चुनौतिहरूको सामना गर्नुपरिरहेको छ।’

राष्ट्रपति भण्डारीले  विद्यार्थीहरूलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमूलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने औंल्याइन् । उनले बालबालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी र गहन भूमिका खेल्नुपर्ने बताइन् ।

उनले कोभिड १९ महामारीको नियन्त्रण र व्यवस्थापनमा स्थानीय निकायहरूले खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।



‘विद्यालयका विद्यार्थीहरूलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमूलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनु आवश्यक देखिन्छ’, उनले भनिन् ‘बालबिालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार साथै वातावरण निर्माण गर्न नेतृत्वदायी र गहन भूमिकाको म अपेक्षा गर्दछु । विगत करिव दुई वर्षदेखि सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाएको कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय तहहरूले खेलेको भूमिकाको म प्रशंसा गर्न चाहन्छु ।’

कार्यक्रममा बाेल्दै नगरपालिका महासंघका अध्यक्ष अशोक व्यञ्जूले संवैधानिक व्यवस्थालाई बलियो बनाउनका लागि जनप्रतिनिधिले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए। 



अध्यक्ष व्यञ्जूले जिल्ला समन्वय समिति राजनीतिक प्रतिनिधित्वलाई कुन मिसनमा अघि लैजाने भन्ने कुरामा जिल्ला समन्वय समिति नै स्पष्ट नरहेको भन्दै त्यसलाई प्रस्ट गर्नुपर्ने बताए ।
 

  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १५:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया