इपिएल : पोखराविरुद्ध शहजादको अर्धशतक

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी पोखार राइनोजविरुद्धको खेलमा चितवन टाइगर्सका मोहम्मद शहजादले अर्धशतक पूरा गरेका छन् ।  

उनले ३४ बलमा ६ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । अहिले चितवन १२४ रनको लक्ष्य पछ्याइ रहेको छ ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनायो । 

उसका लागि विवेक यादवले अविजित ५३ रनको योगदान दिए । ४५ बलको सामना गरेका उनले समान ३–३ चौका र छक्का प्रहार गरे । असेला गुणारत्नेले २५, रिचर्ड लेभीले २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

४२ रनमा ५ विकेट गुमाएको खराब स्थितिबाट विवेक र असेलाले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै पोखराको पारीलाई उकासेका थिए । चितवनका साहब आलम र कमलसिंह ऐरी समान २/२, कप्तान सोमपाल कामीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १६:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया