पहिलो पटक अन्तरिक्षमा जाने तयारी गर्दै पाकिस्तान

एजेन्सी– पाकिस्तानले २०२२ मा आफ्नो देशको नागरिकलाई अन्तरिक्षमा पठाउने तयारी गरिरहेको छ । विहीबार पाकिस्तानका सुचना मन्त्री फवाद चौधरीले सञ्चारमाध्यमहरुलाई अन्तरिक्षमा पाकिस्तानी नागरिकलाई पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् । 

उनका अनुसार पाकिस्तानले चीनको सहयोगमा कुनै नागरिकलाई अन्तरिक्ष पठाउने छ । पाकिस्तानी समाचार पत्र ‘द न्युज’मा प्रकाशित समाचारअनुसार यो सालको सुरुवातमा पाकिस्तानले अन्तरिक्ष अभियानका लागि योजना बनाएको थियो जसलाई प्रधानमन्त्री इमरान खानको नेतृत्वमा भएको क्याबिनेट बैठकले स्वीकृत गर्यो । 

समाचारका अनुसार पाकिस्तानले अन्तरिक्ष अभियानको विषयमा अन्तरिक्ष एवं बाह्य वातावरण शोध आयोग र एक चिनिया कम्पनीबीच सम्झौता गरेको छ । 

यो भन्दा पहिला पाकिस्तानले चिनिया प्रक्षेपण यानको सहयोगबाट दुई उपग्रह पृथ्वीको कक्षमा पठाएको थियो । दुई उपग्रह पाकिस्तानमै निर्माण भएको थियो । 

चीनले २००३ मा पहिलो पटक आफ्नो नागरिकलाई अन्तरिक्षमा पठाएको थियो । चीन विश्वमा रुस र अमेरिकापछि स्वतन्त्र रुपमा मानवयुक्त अन्तरिक्ष उडान पुरा गर्ने तेस्रो देश बनेको छ । 


 





  • प्रकाशित मिति : कात्तिक ९, २०७५ शुक्रबार १०:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया