कस्तो छ पछिल्लो समय नेपालमा कोरोनाको अवस्था ?

पछिल्लो २४ घन्टामा नेपालमा ६ सय ७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । नेपालमा दोस्रो लहरको कोरोनाभाइरस संक्रमण पछि यति थोरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० जनाको पिसिआर परीक्षण गर्र्दा ५ सय ७४ र ३८५० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।

यही समयमा चाहिँ १ हजार ४ सय ५ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् ।

योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ७ लाख ९७ हजार १ सय ९२ पुगेको छ । अनि नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । अहिलेसम्म नेपालमा ७ लाख ६९ हजारभन्दा बढीले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार अहिले देशमा १६ हजार ८ सय ४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १७:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया