सबैला नगरपालिकाका जनप्रतिनिधिविरुद्ध स्थानीयले निकाले भैँसी जुलुस

धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिविरुद्ध स्थानीयले भैँसी जुलुस निकालेका छन् । नगरप्रमुखलगायत कर्मचारी भ्रष्टाचार गर्न लिप्त रहेको र सूचना माग्दा कुनै सुनुवाइ नगरेको भन्दै स्थानीयले भैँसी जुलुस प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनशन गर्दै आए पनि नगरप्रमुख विजयशंकर प्रसाद साहले सूचना उपलब्ध नगराउँदा स्थानीयले उनीहरुको आन्दोलनलाई समर्थन गर्दै भैँसी जुलुस निकालेका हुन् ।

स्थानीयले अनशनकारीको आन्दोलनमा समर्थन जनाउँदै नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवविरुद्ध सांकेतिक रुपमा भैँसी जुलुस निकालेका छन् । 

जुलुसमा सहभागीले नगरप्रमुख साह र कर्मचारीविरुद्ध चर्को नाराबाजी गरेका थिए । 



नगरप्रमुख र कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गर्दा सूचना उपलब्ध नगराएको भन्दै भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका अगुवा सुरेश यादवको नेतृत्वमा नगरपालिकाको गेटअगाडि उनीहरु विगत १४ दिनदेखि अनशनमा बसेका छन् ।

समितिका अगुवा यादवले नगरपालिकाले सम्पूर्ण सूचना उपलब्ध नगराएसम्म आफूहरूको अनशन जारी रहने बताएका छन् ।



  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १८:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया