नयाँ बजेट ल्याउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै छ । सरकाले प्रतिस्थापन विधेयकमार्फत् बजेट ल्याउने भएको हो । 

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्ने मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले फरकधारलाई बताए । 

कुलप्रसाद केसी नेतृत्वको गठबन्धन सरकारले थपघट गरेर बजेटसहितको नीति तथा कार्यक्रम ल्याउन लागेको हो । 

केसीले साउन २८ मै नयाँ बजेट आउने बताएका  थिए । तर, प्रमुख विपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण बजेट आएको छैन । 

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको बजेट ल्याएको थियो । उनले अध्यादेशमार्फत् नै बजेट ल्याएका थिए । 

सरकारले लुम्बिनी प्रदेश बैंक स्थापनासँगै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न बहु-साँस्कृतिक डबली निर्माणको कार्यक्रमलाई बजेटमा समावेश गर्ने भएको छ ।





  • प्रकाशित मिति : असोज २०, २०७८ बुधबार ९:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया