इपिएल क्रिकेट : पोखराले टस जित्यो, भैरहवाले ब्याटिङ गर्ने

भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

पोखराले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशन भारी र सुनिल धमलालाई बेन्चमा राखेको छ । युवा ओपनर विपिन रावल र रित गौतमलाई आजको खेलमा प्लेइङ ११ मा मौका दिएको छ । 

पहिलो क्वालिफायरमा कमजोर ब्याटिङका कारण टोलीमा दुई परिवर्तन गरेको हो ।

भैरहवाले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कृष्ण कार्कीको स्थानमा स्पिनर भुवन कार्कीलाई मौका पाएको छ । 

भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । 



पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो । आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।

 



भैरहवा प्लेइङ ११ खेलाडीः

​शरद भेषावकर (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र भुवन कार्की ।

पोखरा प्लेइङ ११का खेलाडीः

​विनोद भण्डारी (कप्तान), विपिन रावल, विक्रम सोब, लोकेश बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणरत्ने ।
 

  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १२:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया