फुटसल लिग : उपाधिका लागि स्पोर्ट्स क्यासल र शङ्खमुल भिड्दै

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधिका लागि स्पोर्ट्स क्यासल पोखरा र शङ्खमुल फुटसल प्रतिस्पर्धा गर्दै छन् ।

पोखराको बहुदेशीय कभर्डहलमा शुक्रबार हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

दुबै टिम आज उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । 

स्पोर्ट्स क्यासल पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानलाई हराएर फाइनल प्रवेश गरेको हो। 

शङ्खमुलले पनि फाइनल पुग्न दोस्रो क्वालिफायरमा राइजिङलाई नै पराजित गरेकोे थियो । 

फुटसल लिगको विजेताले १०,उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५ हजार पाउने एन्फाले जनाएको छ । 
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ८:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया