कामदार नपठाएपछि बालकको अपहरण, प्रहरीले गर्यो सकुशल उद्दार

कोशी गाउँपालिका–७ नेपाल भारत सिमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । 

अपहरणमा संलग्न रहेको आरोपमा भारत सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो । 

मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी  गर्ने  कामदारहरु लैजाने ठेकदार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

प्रहरीका अनुसार मियाँलाई १५–२० जना नेपाली कामदार उपलब्ध गराइदिने भन्दै नेपालको सुनसरी कोशी गाउँपालिका–७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा लिएका थिए । 

उनीहरुले कामदार नपठाएपछि मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 



अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मिया माथि अपहरण तथा शरीरबन्धक शीर्षक अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
 



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १३:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया