विश्वकप युरोपियन छनोटमा नेदरल्यान्ड विजयी भएकाे छ ।
शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले घरेलु टोली ल्याटभियामाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको १९औं मिनेटमा डेभी क्यालसेनले गरेको एक मात्र गोल नेदरल्यान्डलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । उनले मेम्फिस डिपाएको पासलाई सदुपयोग गरेका थिए।
जितसँगै नेदरल्यान्ड ७ खेलमा १६ अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ५ अंक जोडेको ल्याटभिया पाँचौं स्थानमा छ ।
छनोट अन्तर्गत शुक्रबार राति नै भएका अन्य खेलमा क्रोएसियाले साइप्रस तथा मोन्टेनग्रोले गिब्राल्टरमाथि समान ३-० को जित निकाले ।
रुसले स्लोभाकियालाई १-० ले हराउँदा नर्वे र टर्कीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।