२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

दसैं तिहार विशेष ‘दाइ परदेशी’ सार्वजनिक

गायक भुवन दाहाल र गणेश ओझाको स्वरमा रहेको दसैं तिहार विशेष गीत ‘दाइ परदेशी’ सार्वजनिक भएको छ । 

नेपालीहरूको महान चाड दसैं तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए । 



हाम्रो समाजमा अझै पनि आर्थिक अवस्था कमजोर भई थलिएको परिवारले चाडपर्व हर्षाेल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गीतमार्फत् गरिएकोले  धेरैले रुचाउने उनको भनाइ छ। 

गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक गरिएकाे छ । भिडियाेमा चक्र विष्ट, रितीक रोशन, डिल्लीराज ओझा र सरु रानीको अभिनय देख्न पाइन्छ ।



भिडियाेकाे निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डोले निर्देशन गरेका छन् । 

साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन् । 

म्युजिक भिडियाे युट्युब च्यानल समर्पण मिडिया धनगढीबाट हेर्न सकिन्छ ।



  • प्रकाशित मिति : २३ असोज, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया