इपिएल फाइनल : टस जितेर फिल्डिङ गर्दै चितवन

एभरेस्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आफ्नो सुरुवाती ११ मा कुनै परिवर्तन गरेका छैनन् ।

दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराबाट विनोद भण्डारी र चितवनबाट सोमपाल कामीले नेतृत्व गर्नेछन् । चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पोखराले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा चितवनसँग भेट पक्का गरेको थियो

लिग विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्नेछन् ।

पोखराको सुरुवाती ११ :
विनोद भण्डारी (कप्तान), विपिन रावल, विक्रम सोब, लोकेश बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महतो, नन्दन यादव, रिचार्ड लेभी, साहन अर्चाचिगे र असेला गुणारत्ने । 

चितवनको सुरुवाती ११ :
सोमपाल कामी (कप्तान), मोहम्मद शेहजाद, हासिम अन्सारी, सागर ढकाल, कमलसिंह ऐरी, भीम सार्की, शेकुगे प्रसन्ना, करिम जन्नत, साहब आलम, राजेश पुलामी मगर र दीलिप नाथ ।  
 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया