आइपिएल क्वालिफायर : चेन्नई र दिल्लीको नजर फाइनलमा

इन्डियन प्रिमियर लिग (आईपिएल) २०२१ को पहिलो क्वालिफायरमा आइतबार चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबईमा हुनेछ ।

दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेका हुन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । 

पराजित हुने टोलीले फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बैंगलोर र कोलकता नाइट राइडर्सबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । 

चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन् । उनको कप्तानीमा चेन्नई ८ पटक फाइनल खेल्दा ३ पटक उपाधि उचालेको छ ।

आइपिएलमा पहिलो पटक कप्तानी गरेका ऋषभ पन्त पहिलो प्रयासमै टोलीलाई फाइनलमा पु¥याउन चाहन्छन् । दिल्लीले पहिलोपटक गत संस्करणको फाइनल खेलेको थियो ।

दिल्लीले लिगका दुबै खेलमा चेन्नईलाई पराजित गरेको थियो । दिल्ली लिगको पहिलो खेलमा ३ र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । 



दिल्ली त्यहि नतिजालाई आज पनि निरन्तरता दिने सोचमा छ । चेन्नई पनि हारको श्रृखला अन्त्य गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ । 

हेड टु हेड 



आइपिएलमा दिल्ली र चेन्नईबीच कुल २५ खेल भएको छ । जसमा चेन्नई १५ खेलमा विजयी र दिल्ली १० खेलमा विजयी भएको छ ।  

पहिल्ला ५ खेलमा ४ खेल जित्दा मात्र १ खेल गुमाएको दिल्ली आज पनि उच्च मनोबलका साथ मैदान उत्रिनेछ । 

चेन्नईले लगातार दुई संस्करण (सन् २०२० र २०२१) को आईपिएलमा दिल्लीविरुद्ध जित निकाल्न सकेको छैन । उसले पछिल्लो पटक सन् २०१९ को संस्करणमा ६ विकेटको जित हात पारेको थियो । चेन्नई इतिहास भुलाउँदै जित दर्ता गर्ने सोचमा छ । 
 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १४:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया