पछिल्लो चौबिस घण्टामा देशभर थप २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ८ लाख ९७ हजार ८६१ पुगेको छ ।
बितेको चौबिस घण्टामा पिसीआर विधिबाट २ हजार ९२ र एन्टिजेन विधिबाट २ हजार ६२० गरी कूल ४ हजार ७१२ जनाको कोरोना परिक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ७७७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालको निको हुने संक्रमितको कूल संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ ।
मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।