धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटियो

धनुषाको नगराइन नगरपालिकामा आइतबार एक बेवारिसे शव फेला परेको छ ।

नगराइन नगरपालिका–५ स्थित गंगुलीमा आइतबार बिहान पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

अहिले घटनास्थलमा कुकुरसहितको टोली पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ११:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया