माधवकुमार नेपाललाई झेली गरेको आरोप लगाएका प्रदीप नेपाल एकीकृत समाजवादीमा प्रतिष्ठान इन्चार्ज !

नेकपा एमालेको विवादको समय देखि नै बारम्बार विवाद र चर्चाको घेरामा रहेका प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुने दिन माधवकुमार नेपालको साथ दिन पुगेका प्रदीप नेपालले केही दिनपछि माधवकुमार नेपालले पनि झेली गरेको फेसबुकमा लेखेका थिए ।

उनले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद उल्लेख गर्नु पर्ने माग राखे पनि माधवकुमार नेपालले नमानेको भन्दै उनलाई झेली भएको संज्ञा दिएका थिए ।

उनले लेखेका थिए, ‘म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ ।’ अनि थपेका थिए, ‘तपाईं (माधवकुमार नेपाल)ले पनि झेली कुरा गर्न सिक्नु भएछ ।’





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १०:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया