नेकपा (एकीकृत समाजवादी)को प्रदेश कमिटी पदाधिकारीमा को को ? (सूचीसहित) ​

नेकपा (एकीकृत समाजवादी)ले सातवटै प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रदेश कमिटीका पदाधिकारीहरूको नामावली पठाइएको छ । 

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार प्रदेश र विभिन्न प्रवास कमिटीहरूको नामावली लगभग टुंगो लगाइसकिएको छ । यद्यपी केही नामहरूमा भने अझै छलफल बाँकी रहेको उनले फरकधारलाई जानकारी दिए । भोलिसम्म बाँकी रहेका सबै नामहरू सकेर सार्वजनिक गरिने उनले जानकारी दिए । 

अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख भए अनुसार प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत छन् । त्यस्तै, सह-इन्चार्ज राजेन्द्रकुमार राई, सुरेश कार्की, उपाध्यक्ष बलदेव चौधरी र राजन राई छन् । प्रदेश १ को सचिवमा महेश रेग्मी र उपसचिवमा सरिता थापाको नाम उल्लेख गरिएको छ । 

त्यस्तै, प्रदेश २ को इन्चार्ज धर्मनाथप्रसाद साहलाई तोकिएको छ । सह-इन्चार्ज रामप्रित पासवान, रत्नेश्वर गोइत र कल्याणी यादव छन् । प्रदेश २ को अध्यक्षमा रामचन्द्र यादवलाई तोकिएको छ भने सचिवमा लक्ष्मण पौडेलको नाम तोकिएको छ । 

बागमती प्रदेशको इन्चार्ज केदार न्यौपाने छन् भने सह-इन्चार्जहरु जीवनराम श्रेष्ठ र कृष्ण खनाल तोकिएको छ । अध्यक्षमा सावित्रा भुसाल र सचिवमा लक्ष्मण लम्सालको नाम अन्तरपार्टी निर्देशनमा उल्लेख छ । 

गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठको नाम पठाइएको छ । सह-इन्चार्जहरु चुडामणी जंगली र शारदा सुवेदी रहेका छन् । अध्यक्ष तुलबहादुर गुरुङ, उपाध्यक्ष रामजी शर्मा, सचिव प्रतावलाल श्रेष्ठ, उपसचिव श्रीनाथ बराल र उपसचिव रेखा थापा रहेका छन् । 



लुम्बिनी प्रदेशको इन्चार्जमा भावगत विश्वासी, सह-इन्चार्जमा सोमप्रसाद पाण्डे र दलबहादुर सुनार रहेका छन् । त्यस्तै, मेटमणी चौधरीलाई लुम्बिनी प्रदेशको अध्यक्ष बनाइएको छ भने राजु गुरुङलाई सचिव बनाइएको छ । 

कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला, सह-इन्चार्जमा चन्द्रबहादुर शाही, हंशबहादुर शाही र शेरबहादुर केसीको नाम पठाइएको छ । सचिवमा भने ठगेन्द्रप्रकाश पुरी रहेका छन् । 



सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाह, सह-इन्चार्जमा प्रेम आले, निरा जैरु, रामकुमार ज्ञवाली, अध्यक्ष बिक्रम शाही र उपाध्यक्षहरू हर्कबहादुर सिंह र शेरबहादुर कुंवर रहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशको सचिवमा दिनेशचन्द्र सुवेदी, उपसचिवमा दीर्घ सोडारी, तारा लामा र माया भट्ट रहेका छन् । 

यी हुन् नेकपा (एकीकृत समाजवादी)को प्रदेश कमिटी पदाधिकारीः

​​

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १५:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया