आइसिसी टि–२० विश्वकप : श्रीलंकाको विजयी सुरुवात

आइसिसी टि–२० विश्वकपमा श्रीलङ्काले विजयी सुरुवात गरेको छ । उसले सोमबार पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको खेलमा नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।  

नेदरल्यान्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य आयरल्यान्डले १३.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । 

श्रीलङ्काका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ४२ रनको योगदान दिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

अभिस्का फर्नान्डो ३० रनमा अविजित रहे । कुशल परेराले ११ रन बनाए ।

नेदरल्यान्डका रुविन ट्रम्पलम्यान, बर्नार्ड सोल्ट्ज सेलार र जेजे स्मिथले १–१ विकेट हात पारे । 

युएइको अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको  निम्तो पाएको नामिबियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९६ रन जोडेको थियो । 



नामिबियाका क्रेग विलियम्सले सर्वाधिक २९, कप्तान गेरहार्ड इरास्मसले २० र जेजे स्मिथले अविजित १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

श्रीलंकाका स्पिनर महेक थेक्शानले ३, वानिन्दु हसरंगा र लाहिरु कुमाराले २–२ विकेट लिदाँ चामिका करुणारत्ने र दुश्मन्था चामिराले १–१ विकेट हात पारे ।



यो जितसँगै श्रीलङ्काले २ अंक जोड्दा नामिबियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

समूह ‘ए’ को पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको थियो । श्रीलंकाले आफ्नो दोस्रो खेलमा आयरल्यान्डको समाना गर्दा नामिबियाले नेदरल्यान्डसँग खेल्नेछ । 
 

  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार ७:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया