महाकाली नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । लगातारको वर्षाका कारण आएको ठूलो बाढीका कारण त्यहाँ तटीय क्षेत्रका दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् ।
त्यस्तै, जोगबुढा नदीमा आएको बाढीका कारण पनि दर्जनौँ घर डुबानमा परेका छन् ।
प्रहरीका अनुसार महाकाली नदीमा आज विहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सहत पछिल्लो समय मापन गर्दा चार लाख ६१ हजार सात सयभन्दा बढी क्युसेक पुगेको छ ।
कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९, १२ तथा १३ र दोधाराचाँदनी नगरपालिकाको वडा नम्बर १० का घरहरु यो बाढीका कारण डुबानमा परेको प्रहरीले जनाएको छ ।
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले महाकाली नदीमा आएको बाढीका कारण सयौँ घर विस्थापित हुने जोखिम बढेको बताएका छन् ।
तर, अझै पनि नदीको बहाव घटेको छैन । नदीको बहाव बढिरहेकाले त्यहाँ वरपर रहेका जोखिमयुक्त घरपरिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी सुरु गरिएको छ ।
यसका लागि आज विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीहरु परिचालन भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।