थप १ हजार ९६ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु, सबैभन्दा धेरै काठमाडौंमा

पछिल्लो २४ घन्टामा १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय १६ पिसिआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही समयमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको जनाएको छ । यही समयमा १ हजार ४ जनाले कोरोनाभाइरस जितेका छन् ।

नेपालमा अब ८ लाख ६ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, ११ हजार ३ सय ५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार अहिले नेपालभर ११ हजारभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौंमा भेटिएका हुन् । काठमाडौंमा २ सय ४३ जना, चितवनमा १ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २, २०७८ मंगलबार १७:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया