हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हो, अरु च्याँखे थापेकालाई आउट गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफूहरुको प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र भएको दाबी गरेका छन् । ‘लडाईं नेपाली कांग्रेस र एमालेकाबीचमा छ । आइडोलोजिकल र सांगठनिक लडाईं हाम्राबीचमा छ । यो च्याँखेहरुलाई अन्त्य गर्नुपर्छ यस चुनावबाट । हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ,’ ओलीले भने । 

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यसो च्याँखे थापेर जुवामा खालमा बसेकाहरूका बीचमा च्याँखेले सानोतिनो रकम छ्यास्स यतापट्टि भनेर हाल्छ । च्याँखे हालेर उसले जित्यो भने च्याँखेले पनि जित्ने । गयो भने सुकामोहर जाने । आयोभने सुकामोहोर गर्दै अलिअलि आउने । यो खालका च्याँखेहरुको हारजीत पनि खास हुने होइन । यस चुनावबाट हामीले यी च्याँखेहरुलाई पनि आउट गर्नुपर्छ ।’ 

साथै, उनले यी च्याँखेहरु रहुञ्जेल गठबन्धन भइरहने बताए । ‘यी च्याँखे रहे भने फेरि गठबन्धन भन्दै एउटा रहन्छ । यो सरकार आलोचना गर्न पनि लायक रहेन । जसको हातमा नायवि छ उ पर्दा पछाडि छ । यो सरकार कसले चलाएको छ भन्ने भन्न सकिने अवस्था नै छैन ।’

आफूहरुको मुख्य प्रतिस्पर्धा कांग्रेससँग भएको भन्दै उनले अघि भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो । नेपाली कांग्रेससँग जनताको बीचमा जाँदा के गरेँ भन्ने ? अहिलेसम्म कांग्रेसले के गर्यो भन्ने ? अब के गर्छु भन्ने ? अहिलेको सरकार एकखालको नायविद्वारा चलाएको निमित्त नायकको सरकार हो । यो नायविद्वारा चलिराको छ । नायक नायक होइन् । मैले भने यो सरकार आलोचना गर्न पनि लायक रहेन । टिप्पणी गर्न पनि लायक रहेन ।’ 






  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १४:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया