हुम्लाको लिमी क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

हुम्लाको लिमी क्षेत्रमा हिमपातका कारण अलपत्र परेका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । अलपत्र परेका स्लोभिनियाका चार नागरिकसहित तीनजना नेपाली नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

तीन दिनदेखि लिमीको तुम्लिखमा अलपत्र परेका सात जनालाई डाइनेस्टिक हेलिकप्टरबाट उद्धार गरी हुम्लाको सदरमुकाम सिमीकोट ल्याइएको छ । 

उनीहरू १२ दिन अघि हुम्लाको सदरमुकाम सिमकोटदेखि लिमीतर्फ ट्रेकिङका लागि गएका थिए । ट्रेकिङ गर्ने क्रममै आइतबारदेखि परेको वर्षातसँगै हिमपातका कारणले तुम्लिखमा अलपत्र परेका थिए । 
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १२:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया