थ्रीस्टारका गोलरक्षक प्रिसोले गरे सम्झौता नवीकरण

ललितपुरको ‘ए’ डिभिजन क्लब थ्रीस्टारले गोलरक्षक प्रिसोसँग सम्झौता नवीकरण गरेका छन् ।

थ्रीस्टारले शुक्रबार सामाजिक सञ्जालमार्फत गोलरक्षक प्रिसोसँग १ वर्षका लागि सम्झौता नवीकरण गरिएको जानकारी दिएको हो । 

सहिद स्मारक ‘ए’ डिभिजन लिग नजिकिदै गर्दा थ्रीस्टारले प्रिसोसँगको सम्झौता नवीकरण गरेको हो । उनी केही दिन अगाडि नेपाल आइपुगेका थिए । 

१४टोलीको सहभागिता रहने सहिद स्मारक ‘ए’ डिभिजन लिग कार्तिक २९ बाट सुरु हुनेछ ।

‘थ्रीस्टार मेरो हृदयमा छ । यहाँको वातावरण माया, समर्थन र प्रेरणाले भरिएको छ’, उनले सम्झौता नवीकरणपछि भने, ‘हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास गर्दछौं । लिग उपाधिका लागि कठिन लडाई गर्नेछौं ।’

यसअघि थ्रीस्टारले कप्तान विक्रम लामा, अनन्त तामाङ, निराजन महर्जन, मिक्छेन तामाङ, सन्जोग राई, मनाग्य नकर्मी र निशान खड्कासँग सम्झौता नवीकरण गरेको थियो ।



क्लबले आयुष घलान, राफेल बिडीएस रिम, डोना थापा लगायतलाई अनुबन्ध गरिसकेको छ ।
 



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १४:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया