गृह जिल्लामा अञ्जन विष्टलाई सम्मान

राष्ट्रिय फुटबल खेलाडी अञ्जन विष्टलाई गृह नगर हेटौँडामा सम्मान गरिएको छ ।  

नेपाली टोलीको मुख्य फरवार्ड रहेका उनलाई हेटौँडाको सचेत नागरिक समाज र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रले सम्मान गरेको हो । 

सम्मान ग्रहण गर्दै अञ्जनले आफ्नो घर आँगनमा यस्तो सम्मान पाउँदा धेरै खुसी लागेको बताए ।  उनले सम्मानले खेलाडीको हौसला र आत्मविश्वास अझै बढ्ने भएकोले सबै खेलकुदमा आबद्ध खेलाडीको सम्मान गर्नुपर्ने बताए ।  

अञ्जनले गत साता माल्दिभ्समा भएको साफ खेलमा नेपाललाई पहिलोपटक फाइनल पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए ।

लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण उले फाइनलमा खेल्न भने पाएनन् । विष्टका दाजु रञ्जन विष्ट पनि यसअघि राष्ट्रिय टोलीका सदस्य रहेका थिए । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १८:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया