इन्डोनेसियाविरुद्ध नेपाल २–० ले पराजित

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ । 

नेपालले शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा २–० को हार बेहोरेको हो ।

खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए ।  थप गरिएको समयमा सुलेमनले गोल गर्दै टोलीलाई सहज जित दिलाए । 

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । 

छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ । नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेबनानसँग ३१ अक्टोबर ३१ मा खेल्नेछ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १९:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया