टि–२० विश्वकपमा नेदरल्याण्डको दोस्रो कम स्कोर

आइसिसी टि–२० विश्वकपमा नेदरल्याण्डले फेरि एक पटक कमजोर प्रदर्शन गर्दै दोस्रो कम स्कोरमा समेटिएको छ । 

शुक्रबार भएको खेलमा नेदरल्याण्डलाई श्रीलंकाले ४४ रनमा समेटेको हो । श्रीलंकाली बलरको धारिलो बलिङ सामू नेदरल्याण्डका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेदरल्याण्डका लागि कोलिन अकरमनले सर्वाधिक ११ र बेन कुपरले ९ रन जोडे । 

जवाफमा श्रीलंकाले ४५ रनको लक्ष्य ७.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यो जितसँगै श्रीलंका समूह बिजेता बन्दै सुपर–१२ मा प्रवेश गरेको छ । 

श्रीलंकाविरुद्ध नेदरल्याण्डको यो दोस्रो कम रन स्कोर हो । यसअघि २०१४ मा श्रीलंकासँगै नेदरल्याण्ड ३९ रनमा समेटिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार २१:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया