प्रिमियर लिगमा आज ६ खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा लिग लिडर चेल्सीले नर्विच सिटीको सामना गर्नेछ ।

खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समय अनुसार सवा ५ बजे हुनेछ ।

नर्विचविरुद्ध मैदान उत्रिँदा चेल्सीका प्रमुख खेलाडी रोमेलु लुकाकु र टिमो वार्नर भने उपस्थित हुने छैनन् । उनीहरूले चोटका कारण खेल गुमाउने भएका हुन् ।

राति पौने आठ बजे एकैसाथ चार खेल हुँदैछन् । क्रिस्टल प्यालेसले घरेलु मैदानमा न्युकासल युनाइटेडको सामना गर्नेछ ।

एभर्टनले वाट्फोर्डलाई स्वागत गर्दा लिड्स युनाइटेडले उल्फ्सको आतिथ्यता गर्नेछ । साउथह्यामटनले घरेलु मैदानमा बर्नेलीसँग खेल्नेछ ।

राति सवा १० बजे हुने आजको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्राइटनको भ्रमण गर्नेछ । 
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सिटी र ब्राइटनबीचको खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 



दुवै टोली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई सुधार गर्न चाहन्छन् । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ११:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया