टी-२० विश्वकप : भारत र पाकिस्तानको खेलमा विश्वको नजर

संयुक्त अरब इमिरेट्स (युइए) र ओमानमा जारी आइसिसी टी–२० को सुपर १२ मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच खेल हुँदैछ । जारी विश्व कपमा दुवै टोलीको यो पहिलो खेल हो । 

पछिल्लो विश्व कपमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा भारत ६ विकेटले विजयी भएको थियो ।  भनिन्छ भारत र पाकिस्तानबीचको क्रिकेट खेल आईसीसी प्रतियोगिताको सबैभन्दा रोमाञ्चक म्याच हो ।

आज भारत र पाकिस्तानका खेलप्रेमीका लागि मात्रै नभएर हरेक क्रिकेट समर्थक र विश्लेषकले ध्यापूर्वक हेर्ने गर्छन् । भारत र पाकिस्तानले टी–२० विश्वकपमा आज ५ वर्षपछि एकअर्काको सामना गर्न लागेका हुन् । 

विराट कोहलीलाई आज आफ्नो कप्तानीमा भारतलाई आज एकदिवसीय र टी–२० गरेर कुल १३ पटक लगातार जित हासिल गर्ने मौका छ । अर्काेतर्फ बाबर आजमको कप्तानीमा पाकिस्तानसामु आइसिसी विश्वकपमा भारतलाई पहिलोपटक हराउँदै इतिहास रच्ने अवसर छ ।  

पछिल्लोपटक यी दुई टोलीले टी–२० विश्वकपमा सन् २०१६ मा एक अर्काविरुद्ध खेलेका थिए । उक्त विश्वकप खेलमा भारतले पाकिस्तानमाथि ६ विकेटको शानदार जित हासिल गरेको थियो ।

भारत र पाकिस्तान टी–२० विश्वकपमा छैठौँ पटक खेल्न लागेका हुन् । टी–२० मा पाकिस्तानको प्रदर्शन सम्हालिएको रहँदै आएकोले आज भारतसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने आँकलनसमेत गरिएको छ ।
 
आइसिसी टी–२० विश्वकपको सुपर १२ को समूह ‘बी’ अन्तर्गत भारत र पाकिस्तान आज राति पौने ८ बजे एकअर्काको सामना गर्नेछन् । भारत र पाकिस्तानले २००७ मा पहिलोपटक टी–२० विश्वकपमा एक अर्काको सामना गरेका थिए । 



समूह चरणको पहिलो खलमा खेल बराबरीमा सकिएको थियो । ‘बाउल आउट’का आधारमा भारत ३–० ले विजयी भएको थियो । त्यस्तै, फाइनल खेलमा पनि प्रतिस्पर्धात्मक रूपमा ५ रनले भारत विजयी भएको थियो । 

सन् २०१२ मा भएको टी–२० विश्वकपमा भारतले ऐतिहासिक रूपमा ८ विकेटले पाकिस्तानलाई हराएको थियो । २०१४ मा भएको टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई सुपर–१० मा ७ विकेटले पराजित गरेको थियो । 



आइसिसी टी–२० वरियतामा भारत दोस्रो स्थानमा छ भने पाकिस्तान तेस्रो स्थानमा छ ।

प्लेअरर्स टु वाच

विराट कोहली 

विराट कोहलीले भारतीय टोलीको कप्तानको रूपमा यो अन्तिम टी–२० विश्वकप खेल्दै छन् । उनी कप्तानका साथै भारतीय टोलीका लागि महत्वपूर्ण ब्याट्स्याम्यान पनि हुन् । 

विराटले अहिलेसम्म ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा २८ अर्धशतकसहित ३ हजार १५९ रन बनाएका छन् । उनले २०१० मा जिम्बाबेविरुद्धको खेलमा अन्तराष्ट्रिय टी–२० मा डेब्यु खेल खेलेका थिए । 

बाबर आजम 

पाकिस्तानी टोलीका कप्तान बाबर आजम आफ्नो देशका लागि ६१ टी– २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । २७ वर्षिय आजमले ६१ खेलमा २० अर्धशतकसहित २ हजार २०४ रन बनाएका छन् । 

सन् २०१६ मा इङ्ल्यान्डविरुद्धको खेलमा अन्तर्राष्ट्रिय टी–२० डेब्यु गरेका थिए । 
 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १४:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया