विमल र मछिन्द्रबीच सम्झौता नविकरण

युवा फुटबलर विमल घर्तीमगरले ‘ए’ डिभिजन क्लब मछिन्द्रसँग सम्झौता नवीकरण गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी विमलको सम्झौता नवीकरण गरिएको मछिन्द्र क्लबले जनाएको हो ।

फरवार्ड विमलले गत सिजन पनि मछिन्द्रबाट एक खेल मात्र खेलेका थिए । यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

सम्झौता नविकरणपछि विमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने बताए ।

‘म क्लबलाई धन्यवाद दिन चाहन्छु । गत सिजन एक खेलमात्र खेल्न पाएको थिए । यो वर्ष सुरु देखि नै खेलेर उपाधि रक्षा गर्न सक्दो सहयोग गर्नेछु’विमलले भने । 

नेपालका लागि २६ खेल खेलिसकेका विमलले गत वर्ष बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदान बाहिर रहेका थिए ।



गत पुसमा दाहिने घुँडामा चोट लागेपछि विमल उपचारका लागि कतार गएका थिए । अखिल नेपाल फुटबल संघले कतार फुटबल संघसँग सहकार्य गरेपछि विमलको उपचार कतारमा सम्भव भएको थियो । 



  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया