नेपाली मुक्केबाज रविन पहिलो चरणबाटै बाहिरिए

नेपाली मुक्केबाज रविन थापा आइतबार पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित हुँदै बाहिरिएका छन् । 

सर्बियाको बेलग्रेडमा जारी च्याम्पियनसिप अन्तर्गत बुधबार भएको ४८ केजी तौल समूहमा रविन मंगोलियाका ज्ञानखुयाङसँग ५-० अंकले पराजित भएका हुन् ।

प्रतियोगितामा ४ नेपाली खेलाडीको सहभागिता छ । यसअघि भुपेन्द्र थापा मगर पनि पहिलो चरणबाटै बाहिरिँदा शानिल शाहीले भने अन्तिम ३२ सम्मको यात्रा तय गरिसकेका छन् । पुरन राईले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न बाँकी छ ।
 
पुरुषको ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका रबिनकाे यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो। 

यस अघि नेपालका भुपेन्द्र थापा बाहिरिसकेका छन् । नेपालका सनिल शाही भने  राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ९:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया