बैतडीमा डुंगा दुर्घटना हुँदा एकको मृत्युु, एक बेपत्ता
प्रतिकात्मक तस्वीर

बैतडीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाका शिवनाथ गाउँपालिका-१ खाँडघाटस्थित महाकाली नदीमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो ।
 
मृत्यु हुने र बेपत्ता हुने एकै घरका  दिदीभाइ रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

चक्रसिंह साउँदकी अन्दाजी १३ वर्षीया छोरीको शव फेला परेको र ८ वर्षीय छोरा बेपत्ता रहेका साउँदले बताए । उनीहरूको नाम भने खुल्न सकेको छैन । 

चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दसैंमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ । 

गाउँपालिकाले कोभिडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरे पनि स्थानीयहरूले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए । 

‘हामीले कोभिडको समयदेखि घाट बन्द गरेका थियौं । तर स्थानीयहरूले आफूखुसी डुंगा चलाउँदा समस्या भएको छ’, अध्यक्ष साउँदले भने, ‘साँझको समयमा साउँद परिवारले जसरी पनि पारी जानुपर्ने काम छ भनेपछि डुंगा चलाएको रहेछ । अहिले यस्तो दुखद घटना भयो ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले  बुधबार साँझ १० जनामध्ये  ८ जना सकुशल रहेको जानकारी दिए । बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए ।
 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ९:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया