प्रतिनिधिसभा बैठक : यस्तो छ संसद् सचिवालयको कार्यसूची

प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । केही बेरपछि बस्न लागेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

संसद् सचिवालयका अनुसार बैठकमा वार्षिक प्रतिवेदन पनि पेस हुँदैछ । नवौं अधिवेशनको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । तर, सभामुख सापकोटाले भने पेलेरै विभिन्न विद्येयकहरू पारित गरिरहेका छन् ।  

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १४:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया