आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सकियो नेपालको चुनाैती

सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।

बिहीबार राति भएका खेलमा पराजित भई नेपालका दुई खेलाडी बाहिरिएसँगै नेपालको चुनौती सकिएको हो ।

नेपाली मुक्केबाज सनिल शाही ६७ केजी तौल समूहको अन्तिमा ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग ५-० अंकले पराजित भए । च्याम्पियनसिपको दोस्रो चरणमा पुग्ने उनी एक्ला नेपाली खेलाडी हुन् ।

यस्तै ५७ केजीमा प्रतिस्पर्धा गरेका पुरन राई पहिलो खेलमै पराजित भए । उनी मेक्सिकोका मिगुएलसँग ५-० ले नै पराजित भएका हुन् ।  

प्रतियोगितामा नेपालकोतर्फबाट सनिल र पुरनसँगै भुपेन्द्र थापामगरले ६३.५ तथा रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १०:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया