कोटेश्वर भाटभटेनी अगाडी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डौको कोटेश्वर भाटभटेनी अगाडी आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  

नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा ८९ प ३२९८ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भइ पल्टिएको हो ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार ११:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया