प्याराग्लाइडिङ प्रतियोगिता सुरु

स्याङ्जा– स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ स‌ंघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहीबारदेखि सुरु भएको छ । 

प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ । 

नेपाल प्याराग्लाइडिङ ह्यान्डग्लाइडिङ संघका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलोपटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताए । 
 





  • प्रकाशित मिति : कात्तिक १७, २०७५ शनिबार १२:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया